Thursday, April 2, 2015

साहाराको घर

अनाथ बालबालिका संंरक्षण तथा आवास केन्दै (साहाराको घर ) बालबालिकाको क्षेत्रमा कार्यरत एक गैरसरकारी सामाजीक कल्याणकारी संस्था हो । बिगत ३ बर्ष देखी बिबिध कारण बक्स परिवार गुमाएका एवम उचित स्याहार नपाएका बालिकाहरुको सुनौलो भविष्य निमार्णमा निरन्तर अहम भुमीका खेलीरहेको छ र खेलीरहने छ ।
 साहाराको घरको स्थापना २०६९ मा भएको हो । देशमा ६२÷६३ को जनआन्दोलनका बेला कयौ मानीस हरु हताहत हुन पुगेकाले कयौ बालबालिकाहरु अनाथ हुन पुगे भने यि पछिल्ला दिनहरुमा पनि राजनिति अस्थिरताका कारण बन्द हड्ताल, तोडफोड,आगजानी , बमबिस्फोटजजस्ता दुर्घटनाहरुमा परि कयौ बालबालिकाहरुले ज्यानै गुमाए भने कयौ बालबालिकाहरु अनाथ बने । हाम्रो समाजमा एकाईसौ सताव्दी पार गर्नै लागीसक्दा पनि छोरा र छोरी बिचको भिन्नता कायमै छ समाजमा हेर्न हो भने एउटा प्राकृतिक परिवारमा हुर्कीएकी छोरीलाई पनि बुवाआमाले पराईघरको गहना को रुपमा लिने प्रचलन कायमै छ । भने छोरा लाई कुल बंश धान्ने आधार बुढेशकालको साहारा आदी मान्ने गरीन्छ परिवारमै बिभेद हुन्छ प्राकृतिक परिवार भित्रै पनि छोरीहरु भित्र लुकिरहेको अथाहा सम्भावनाको खोजी गरीरहेको पाईदैन भने बुवाआमाको न्यानो काख नै गुमाएका वा जोखीममा परेका बालिकाहरुलाई दिर्घकालीन संरक्षण सहित ” छोरी भित्र सम्भावनको खोजी ” गर्ने साहाराको घरको उद्धेश्य हो यहि उद्धेश्य अनुरुप साहाराको घरले कार्य गरीरहेको छ हाल साहाराको घरमा १२ जना छोरीहरु आश्रित रहेका तछन । परिवारमा आधारीत हेरचाह का अतिरिक्त साहाराको घरले छोरीहरुको सर्वाङगिण बिकासका लागी गुणस्तिरीय शिक्षा एबम सिपमुलक तालिम प्रदान गर्ने योजना बनाएको छ । 

साहाराको घरको उद्धेश्य ः
साहाराको घर विविध कारणवक्स वुवाआमा गुमाएका तथा उच्च जोखीममा परेका छोरीहरुलाई दिगो संरक्षण सहित छोरीहरु भित्रको सम्भावनाको खोजी गरी उनीहरुको प्रतिभालाई समाजसामु प्रस्फुटन गाई समाजमा छोरीहरु प्रति सकरात्मक प्रभाव पार्नु हो तथा छोरीहरुलाई उच्च शिक्षा र व्यवसायीक तालीम प्रदान गरी स्वभलम्वी बनाई समाजको अभिन्न सदस्य निमार्ण गर्नु हो ।

आमा ः
हरेक बालबालिकालाई आफ्ना नितान्त व्यक्तिगत भावना एवम संवेदनालाई ससम्मान सुनीदिने व्यक्तिको आवश्यकता पर्दछ र प्राकृतिक परिवारमा सो भुमीका आमाले निर्वाह गर्छिन । साहाराको घरले बालबालिकाहरुको यसै संवेदनशिलतालाई मध्यनजर गर्दै प्रत्येक छोरीहरुलाई न्यानो मातृवात्सल्य प्रदान गर्ने प्रयास गरेको छ । सिंगो परिवारमा एक आमा रहन्छीन जसले परिवारको मुलीको रुपमा रहि छोरीहरुलाई अभिभावकत्व प्रदान गर्छिन । साहाराको घरकी आमाले छोरीहरुको निकटमा रहि सवै घरायसी क्रियाकलापहरु स्वतन्त्रता पूवएक सञ्चालन गर्छिन ।

आपसी सम्बन्ध ः
साहाराको घरमा बिभिन्न सामाजीक पृष्ठभुमी एवम् फरक फरक उमेर समुहका छोरीहरु भर्ना हुन आइपुग्छन । पूर्व बाल्याबस्थादेखी नै भिन्न सास्कृति एवम् पारिवारीक अभ्यासहरु मार्फत आपसमा दिदीबहिनी बिचको भावना अङकु्रउा गराउने प्रयास गरिन्छ । फलस्वरुप उनीहरु एक अर्कासंग भावानात्मकब रुपले अभिन्न बन्न पुग्छन । 
 
घर ः
हरेक मानिसलाई घरको आवश्यकता पर्दछ साहाराको घरको पनि – हाल भाडामा प्रयोग गर्दै आईरहेको ) ५ कोठाको घर छ त्यो घर परिवार भित्रका सवै छोरीहरुको मेरो घर हुन्छ । साथै उनीहरु जिवनभर साहाराको घरको अभिन्न सदस्यको रुपमा रहन्छन यसै पारीवारुीक बातावरणमा बालबालिकाहरुलाई बैयक्तिक एवम सामाजीक अनुभव समेत गराउनु पर्दछ । आआफ्नो सास्कृतिक तथा धार्मिक क्रियाकलायहरुमा सहभागी हुने स्वतन्त्रता रहन्छ ।

पारिवारमा आधारीत हेरचाह ः
हरेक छोरीहरु भित्र कुनै न कुनै किसिमको अन्तर्निहित प्रतिभा हुन्छ । सुतुप्त अवस्था रहेको सो खुवीलाई प्रस्फुटन गराउन उपयुक्त पारिवारीक वातावरणको आवश्यकता पर्दछ । त्यसैले बिबिभ कारणबक्स पारीवारीक परिवेश गुमाउन पुगेका छोरीहरुलाई पु्न उस्तै प्रकार को पारीवारीक वातावरणमा स्थापीत गराउनु नै साहाराको घरको मुख्य उद्धेश्य हो । साहाराको घरमा संरक्षीत छोरीहरु हाम्रा ालागी दया र सहानुभुतीका पात्र होइनन हाम्रो परिावर र समाजकै अभिन्न सदस्य हुन । साहाराको घरले एउटा यस्तो आर्दश परिवारको परिकल्पना गरेको छ जहा प्रत्येक छोरीहरु सुन्दर भविष्यको मार्गचित्रकोर्न दर्तचिर्त भएर लागुन । साहाराको घर आपसी सहयोग एवम सद्भाव आदानप्रदान गर्दै छोरीहरुको सर्वाङगीण बिकासका लागी परीरहने छ । यस्तो सुन्दर परिवारीक वातावरणमा छोरीहरुले आफ्नो तितो बिगतलाई बिर्सेर सुखमय वाल्यजिवन विताउदै उज्ज्वल भविष्यको दिशामा अग्रसर हुन सकुन ।

साहाराको घरको मुल सन्देश ः
साहाराकोृ घर हरेक छोरीहरुलाई सकरात्मक तथा उल्लासमय बाल्यावस्थाको प्रत्याभुति गराउन प्रयासरत छ  किनभने बालमैत्री वातावरणमा आफ्नो वालापन व्यतित गरेका बच्चाहरुले मात्र भविष्यमा सवल प्रौढ बनी आफुमा अन्तनिर्हित खुवीको उच्च्तम साक्षात्कार गर्न सक्दछन् ।
बालबालिकाहरुमा उत्साह र आत्मसम्मानको सञ्चार गराउने मुख्य कारकतत्व नै परिवार हो त्यसैले हामी बुवाआमा गुमाएका बालिकाहरुलाई पुनःत्यस्तै प्रकारको परिवारको अभिन्न अंग भई यथासम्भव प्राकृतिक तरवले नै हुर्कनुपर्छ भन्ने मान्यता राख्दछौ । ।साहाराको घर छोरीहरुको लागी मायालु घर र पूर्ण परिवारको अनुभुती गराउदै सफल्तापूर्वक समुदायमा समायोजीत हुने मार्गचित्र प्रदान गर्ने छ । हामी उनीहरुलाई स्वाबलम्वी जिम्वेवार तथा समाजको सुयोग्य सदस्य बन्न उत्प्रेरित गर्दछौ ।  बाल्याबस्था भनेको सुरक्षीत भविष्यको निम्ती पूर्वाधार निमार्ण गर्ने समय हो । शिक्षा, स्वास्थ्य र स्याहारको उचित प्रबन्धद्धारा मात्र उनीहरुको उज्ज्वल भविष्य सुनिश्चत गर्न सकिन्छ । साहाराको घर स्वास्थ्य, स्याहार र शिक्षा जस्ता आधारभुत आवश्यकताहरु उनीहरुले सुविधाका रुपमा नभई अधिकारकै रुपमा प्राप्त गर्नुपर्दछ भन्ने मान्यताको बकालत गर्दछ ।
साहाराको घर एक बिशुद्ध मानवताबादी (छोरी बादी ) संस्था हो । हामी कुनैपनि जात, धर्म वर्ण वा नस्लप्रति निरपेक्ष रहि छोरीहरुलाई आआफ्नो रुचि एवम पृष्ठभुमी अनुसार का धर्म संस्कृति अवलम्वन गर्न स्वतन्त्रता प्रदान गर्ने छौ । यसरी सामाजीक एवम् सास्कृतिक विविधताको मिश्राणले गर्दा वालवालिका हरुले एकअर्काका धर्मसंस्कृति र जिवनपद्धति को सम्मान गर्न पनि सिक्दछन ।

साहाराको घरको आवश्यकता ः
साहाराको घरले हाल भाडाको घर प्रयोग गर्दै आईरहेको ह्दा सो घर बालमैत्री हुन सकेको छैन त्यसैले सानै भएता पनी आफ्नै बालमैत्री बातावरण सहितको भवन जहा पुस्ताकलय खेलकुद मैदान र खेलकुद सामाग्री प्रयाप्त मात्रमा हुन पौष्टीक आहारा तथा गुणस्तिरीय शिक्षाका लागी आवश्यक शौक्षीक सामाग्री , स्वास्थ जिवनयापनका लागी स्वास्थ्योपचार  मौसमी लताकपडा लगायतका
 

Popular Posts

Recent Posts

Text Widget